Posts

५ वर्षीय बालक अपहरित

Image
कपिलवस्तु — मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मदका ५ वर्षे छोरा मोहम्मद अयमान मुसलमान अपहरणमा परेका छन् । मोटरसाइकलमा आएका दुईजनाले बिहीबार बिहान स्कुल जान हिंडेका अयमानको अपहरण गरेका हुन् । दिउँसो घर नफर्केपछि परिवारले खोजतलास गरेका थिए । घरका सबैले विद्यालय गएको ठान्यौं बाबु फत्ते मोहम्मदले भने साथीसँग नफर्केपछि मनमा चिसो पस्यो ।  उनको घर सीमा नाका चाकरचौडा नजिक छ । बालक नर्सरीमा पढ्थे ।  आत्तिँदै खोजतलास गर्न थाल्यौं  बाबु फत्ते मोहम्मदले भने छिमेकका दुई बालबालिकाले अयमानलाई बिहानै कालो र रातो रङको पल्सर मोटरसाइकलमा आएका दुईजना व्यक्तिले लिएर गएको बताएपछि अपहरणमा परेको पक्का भयो । बालक वडा नम्बर ४ पपरा गाउँको बुलाडिहवामा रहेको मदर्सामा पढ्न जाने गरेका थिए ।

तेक्वान्दो आईटीएफ नेपालका पदक विजेता सम्मानित

Image
काठमाडौँ — बनेपा नगरपालिका काभ्रे र मोर्डन कलेज भक्तपुरले तेक्वान्दो आईटीएफ नेपालका पदक विजेता ५ खेलाडीलाई सम्मान गरेका छन् । तेक्वान्दो आईटीएफ नेपालको संयोजनमा शुक्रबार राजधानीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका सस्मन बस्नेतसहित बिबिका बस्नेत, आशिष थापा, शान्तकुमार थापामगर र निशान्त लामिछाने सम्मानित भए । सस्मनलाई नगरपालिका र कलेजले २०–२० हजार रुपैयाँ प्रदान गरे । मोर्डनले उनलाई कक्षा ११ र १२ का अध्ययन गर्न शतप्रतिशत छात्रवृत्तिसमेत प्रदान गरेको छ । अन्य चारले पनि छात्रवृत्तिसहित सम्मान थापे ।

पुलिस र इफात विजयी

Image
नेपालगन्ज — पाँचौ प्रधानमन्त्री कप महिला भलिबलको दोस्रो दिन शुक्रबार बंगलादेको नेपाल पुलिस र बंगलादेशको इफात क्लब विजयी भएका छन् । प्रधानमन्त्री कप महिला भलिबलमा बुधबार बंगलादेशी टोली इफातविरुद्ध स्पाइक गर्दै न्यु इन्द्रेणीका खेलाडी नेपाल पुलिसले भारतको देहरादुन क्लबलाई पन्छायो । पुलिसले २५–१, २५–१४, २५–१७ को सोझो सेटमा विजय प्राप्त गरेको थियो । बंगलादेशी टोलीले स्थानीय टोली न्यु इन्द्रेणी बागेश्वरी क्लबलाई २७–२५, २२–२२, २७–२४ को सोझो सेटमा हराएको हो ।

ह्वीलचियरबाटै तरकारीमा व्यस्त !५१ वर्षीय गौतमको जसको कम्मर मुनिको भाग चल्दैन

Image
कास्की — पर्यटकीय सहर पोखराको तरकारीको माग धान्न तरकारी खेती गर्नेको लहर नै छ । कतिले आफ्नै र कतिले भाडामा जग्गा लिएर पनि तरकारी खेती गरेका छन् । बजारको माग थाहा पाएर तरकारी खेती गर्नेहरू मध्ये केवल गौतम पनि एक हुन् ।५१ वर्षीय गौतमको कम्मर मुनिको भाग चल्दैन । हीलचियरमै गुडदै पनि उनले चार वर्षयता गर्दै आएको तरकारी खेती जिल्लाका नमुना भएको छ ।  मिहिनेतअनुसार कारोबार हुँदा तरकारीले महिनाको एक लाख रूपैयाँ दिन्छ उनले भने मैले मौसमी बेमौसमी दुवैखाले तरकारी लगाउँछु । तरकारी खेतीमा लगानी बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरूसँग योजना माग गरेको थियो । कास्कीबाट अन्तिम छनोटमा परेका पाँच योजनामध्ये एक करोडको हाइटेक क्लीन हाउसको गौतमको पनि पर्‍यो । आफ्नो १५ प्रतिशत लगानी रहनेगरि बनाएको योजना पारित भएपछि अहिले त्यसैअन्तर्गत काम गरिरहेको गौतमले बताए ।  पहिले टनेलमा तरकारी लगाइथ्यो  अहिले जेठयता हाइटेक क्लीन हाउसमा खेती थालिएको छ  उनले भने  आफ्नो शरीरको अवस्था हेरेर परनिर्भर भइ बस्नुभन्दा सक्रिय जीवन नै मलाइ मनपर्छ ।  आफूलाई परिवार र साथीभाइबाट पनि उत्साह मिलेको उनले बताए । खा

आस्था र संस्कृति जगेर्ना गर्न कुमारी

Image
ललितपुर — पाटनकी नवनियुक्त राजकीय जीवित देवी लायकु कुमारी ५ वर्षीया निहिरा वज्राचार्यको शनिबार प्रतिस्थापन पूजा हुँदैछ । पाटन तलेजुका पुजारीहरूले ०७० मा कुमारीका रूपमा छनोट गरेकी युनिका वज्रचार्यको रजस्वलापछि निहिरालाई माघ २२ मा छनोट गरिएको थियो । ललितपुर महानगरपालिकामा कुमारीको छनोट ह:ख बहालस्थित रत्नाकर महाविहारमा आबद्ध वज्राचार्य कुलकी पुत्रीहरूमध्येबाट ३२ लक्षणयुक्त कन्याको गर्ने परम्परा छ । पाटन तलेजुका पुजारी नीरन राजोपाध्यायका अनुसार छनोट भएकी कुमारीलाई तलेजुका मूल पुजारीको पटको टोलस्थित घरमा राखेर तान्त्रिक विधिपूर्वक गोप्य पूजा साधना गरिनेछ । पूजामा दीक्षान्त लिएका पुजारी र उनकी श्रीमतीबाहेक अन्य सार्वसाधारण बस्न मिल्दैन  उनले भने पूजापछि त्यहाँबाट सांस्कृतिक बाजागाजासहित रत्नाकर महाविहारस्थित कुमारी घरको सिंहासनमा राखेर तलेजुको तरबार मुकुट आदि पहिर्‍याइनेछ ।  प्रतिस्थापनपछि कुमारीका रूपमा रहेसम्म तोकिएको पूजापर्वबाहेक अन्य बेला घुमफिर गर्न मिल्दैन । रातोबाहेक अन्य रङको लुगा लगाउन पाइँदैन । कुखुराको मासु  अन्डा  प्याज बार्नुपर्ने कुमारी घरबाहिर पकाएको खानेकुरा खान र बाहि

नाकाबन्दी र भूकम्पका कारण ढिलाइ भएको सडक सपना पूरा हुँदै

Image
बाजुरा — सदरमुकाम मार्तडीसम्म बाह्रै महिना गाडी चढ्ने बाजुरेलीको सपना छिट्टै पूरा हुँदैछ । २८ किलोमिटर सडक खण्डमा धमाधम कालोपत्रे भइरहेको छ । सदरमुकाम मार्तडी कच्ची सडकमार्फत दुई वर्षअघि राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । कालोपत्रेको कामसमेत अबको एक महिनाभित्र पूरा हुनेछ ।यसअघि हिउँदका ६ महिनामात्रै गाडी गुड्थे । सदरमुकामसम्म अब बाह्रै महिना यातायातका साधन सञ्चालन हुने भएपछि स्थानीय उत्साहित छन् । गुईगाड र बूढीगंगाबाहेकका अन्य खोलामा पक्की पुलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । बार्जुगाढदेखि मार्तडीसम्म करिब २८ किलोमिटर लम्बाइको यो सडक खण्डको राप्कसम्म वर्षातअघि नै कालोपत्रेको काम सकिएको थियो । राप्क अगाडि मार्तडीसम्मको करिब ८ किलोमिटर खण्डमा कालोपत्रेका लागि संरचना निर्माण धमाधम भइरहेको छ ।  करिब एक महिनाभित्र सबै काम पूरा हुन्छ  निर्माण कम्पनीका साइट इन्चार्ज प्रेम थापाले भने ।मार्तडीसम्म डबल कटिङ टेवा पर्खाल निर्माण  सबबेस ग्राभेल ढलाइ, कल्भर्ट निर्माणलगायतका काम सम्पन्न भएका छन् ।  चिसो घट्नेबित्तिकै कालोपत्रेको बाँकी काम हुन्छ  परामर्शदातृ कम्पनीका प्रमुख इन्जिनियर

धुर्मुस सुन्तली बीरुद्द लाग्यो मुद्दा !

Image
चारवटा एकीकृत नमुना बस्ती बनाएर समुदायलाई हस्तान्तरण गरेको धुर्मुस सुन्तली फाउन्डेसनले ‘नयाँ नेपाल’ परियोजनामा प्राविधिक सहयोगका लागि नेपाल इन्जिनियर्स एसोसिएसनसँग सम्झौता गरेको छ । हास्य कलाकार दम्पती सीताराम कट्टेल  धुर्मुस  र कुञ्जना घिमिरे  सुन्तली को नेतृत्वमा रहेको धुर्मुस सुन्तली फाउन्डेसन र एसोसिएसनबीच बिहीबार नयाँ नेपाल परियोजना सफल बनाउन प्राविधिक सहयोग र सहकार्य गर्ने विषयमा सम्झौता भएको हो । फाउन्डेसनले भूकम्प पीडितका लागि काभ्रे र सिन्धुपाल्चोकमा नमुना बस्ती बनाएर समुदायलाई हस्तान्तरण गरेका थिए । रौतहट चन्द्रपुर–८ स्थित सन्तपुरका बाढीपीडित दलित समुदायका लागि बनाएको नमुना बस्ती गएको माघ २३ गते समुदायलाई हस्तान्तरण गरेको फाउन्डेसनले महोत्तरीको बर्दिवासमा पनि मुसहरहरुका लागि नमुना बस्ती बनाएर हस्तान्तरण गरेको थियो । एसोसिएसनका उपमहासचिव इन्जिनियर रविभूषण झाको नेतृत्वमा फिल्ड सर्भेको काम सम्पन्न भइसकेको जानकारी दिएका धुर्मुसले बिहीबारबाटै डीपीआर र ईआए प्रक्रिया पनि अघि बढेको बताएका छन् ।  नयाँ नेपाल का लागि लेलेका सयौँ रोपनी सरकारी जग्गा चर्चेको र त्यसले सो क्षेत्रका हज