Posts

Showing posts from February, 2018

५ वर्षीय बालक अपहरित

Image
कपिलवस्तु — मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मदका ५ वर्षे छोरा मोहम्मद अयमान मुसलमान अपहरणमा परेका छन् । मोटरसाइकलमा आएका दुईजनाले बिहीबार बिहान स्कुल जान हिंडेका अयमानको अपहरण गरेका हुन् । दिउँसो घर नफर्केपछि परिवारले खोजतलास गरेका थिए । घरका सबैले विद्यालय गएको ठान्यौं बाबु फत्ते मोहम्मदले भने साथीसँग नफर्केपछि मनमा चिसो पस्यो ।  उनको घर सीमा नाका चाकरचौडा नजिक छ । बालक नर्सरीमा पढ्थे ।  आत्तिँदै खोजतलास गर्न थाल्यौं  बाबु फत्ते मोहम्मदले भने छिमेकका दुई बालबालिकाले अयमानलाई बिहानै कालो र रातो रङको पल्सर मोटरसाइकलमा आएका दुईजना व्यक्तिले लिएर गएको बताएपछि अपहरणमा परेको पक्का भयो । बालक वडा नम्बर ४ पपरा गाउँको बुलाडिहवामा रहेको मदर्सामा पढ्न जाने गरेका थिए ।

तेक्वान्दो आईटीएफ नेपालका पदक विजेता सम्मानित

Image
काठमाडौँ — बनेपा नगरपालिका काभ्रे र मोर्डन कलेज भक्तपुरले तेक्वान्दो आईटीएफ नेपालका पदक विजेता ५ खेलाडीलाई सम्मान गरेका छन् । तेक्वान्दो आईटीएफ नेपालको संयोजनमा शुक्रबार राजधानीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका सस्मन बस्नेतसहित बिबिका बस्नेत, आशिष थापा, शान्तकुमार थापामगर र निशान्त लामिछाने सम्मानित भए । सस्मनलाई नगरपालिका र कलेजले २०–२० हजार रुपैयाँ प्रदान गरे । मोर्डनले उनलाई कक्षा ११ र १२ का अध्ययन गर्न शतप्रतिशत छात्रवृत्तिसमेत प्रदान गरेको छ । अन्य चारले पनि छात्रवृत्तिसहित सम्मान थापे ।

पुलिस र इफात विजयी

Image
नेपालगन्ज — पाँचौ प्रधानमन्त्री कप महिला भलिबलको दोस्रो दिन शुक्रबार बंगलादेको नेपाल पुलिस र बंगलादेशको इफात क्लब विजयी भएका छन् । प्रधानमन्त्री कप महिला भलिबलमा बुधबार बंगलादेशी टोली इफातविरुद्ध स्पाइक गर्दै न्यु इन्द्रेणीका खेलाडी नेपाल पुलिसले भारतको देहरादुन क्लबलाई पन्छायो । पुलिसले २५–१, २५–१४, २५–१७ को सोझो सेटमा विजय प्राप्त गरेको थियो । बंगलादेशी टोलीले स्थानीय टोली न्यु इन्द्रेणी बागेश्वरी क्लबलाई २७–२५, २२–२२, २७–२४ को सोझो सेटमा हराएको हो ।

ह्वीलचियरबाटै तरकारीमा व्यस्त !५१ वर्षीय गौतमको जसको कम्मर मुनिको भाग चल्दैन

Image
कास्की — पर्यटकीय सहर पोखराको तरकारीको माग धान्न तरकारी खेती गर्नेको लहर नै छ । कतिले आफ्नै र कतिले भाडामा जग्गा लिएर पनि तरकारी खेती गरेका छन् । बजारको माग थाहा पाएर तरकारी खेती गर्नेहरू मध्ये केवल गौतम पनि एक हुन् ।५१ वर्षीय गौतमको कम्मर मुनिको भाग चल्दैन । हीलचियरमै गुडदै पनि उनले चार वर्षयता गर्दै आएको तरकारी खेती जिल्लाका नमुना भएको छ ।  मिहिनेतअनुसार कारोबार हुँदा तरकारीले महिनाको एक लाख रूपैयाँ दिन्छ उनले भने मैले मौसमी बेमौसमी दुवैखाले तरकारी लगाउँछु । तरकारी खेतीमा लगानी बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरूसँग योजना माग गरेको थियो । कास्कीबाट अन्तिम छनोटमा परेका पाँच योजनामध्ये एक करोडको हाइटेक क्लीन हाउसको गौतमको पनि पर्‍यो । आफ्नो १५ प्रतिशत लगानी रहनेगरि बनाएको योजना पारित भएपछि अहिले त्यसैअन्तर्गत काम गरिरहेको गौतमले बताए ।  पहिले टनेलमा तरकारी लगाइथ्यो  अहिले जेठयता हाइटेक क्लीन हाउसमा खेती थालिएको छ  उनले भने  आफ्नो शरीरको अवस्था हेरेर परनिर्भर भइ बस्नुभन्दा सक्रिय जीवन नै मलाइ मनपर्छ ।  आफूलाई परिवार र साथीभाइबाट पनि उत्साह मिलेको उनले बताए । खा

आस्था र संस्कृति जगेर्ना गर्न कुमारी

Image
ललितपुर — पाटनकी नवनियुक्त राजकीय जीवित देवी लायकु कुमारी ५ वर्षीया निहिरा वज्राचार्यको शनिबार प्रतिस्थापन पूजा हुँदैछ । पाटन तलेजुका पुजारीहरूले ०७० मा कुमारीका रूपमा छनोट गरेकी युनिका वज्रचार्यको रजस्वलापछि निहिरालाई माघ २२ मा छनोट गरिएको थियो । ललितपुर महानगरपालिकामा कुमारीको छनोट ह:ख बहालस्थित रत्नाकर महाविहारमा आबद्ध वज्राचार्य कुलकी पुत्रीहरूमध्येबाट ३२ लक्षणयुक्त कन्याको गर्ने परम्परा छ । पाटन तलेजुका पुजारी नीरन राजोपाध्यायका अनुसार छनोट भएकी कुमारीलाई तलेजुका मूल पुजारीको पटको टोलस्थित घरमा राखेर तान्त्रिक विधिपूर्वक गोप्य पूजा साधना गरिनेछ । पूजामा दीक्षान्त लिएका पुजारी र उनकी श्रीमतीबाहेक अन्य सार्वसाधारण बस्न मिल्दैन  उनले भने पूजापछि त्यहाँबाट सांस्कृतिक बाजागाजासहित रत्नाकर महाविहारस्थित कुमारी घरको सिंहासनमा राखेर तलेजुको तरबार मुकुट आदि पहिर्‍याइनेछ ।  प्रतिस्थापनपछि कुमारीका रूपमा रहेसम्म तोकिएको पूजापर्वबाहेक अन्य बेला घुमफिर गर्न मिल्दैन । रातोबाहेक अन्य रङको लुगा लगाउन पाइँदैन । कुखुराको मासु  अन्डा  प्याज बार्नुपर्ने कुमारी घरबाहिर पकाएको खानेकुरा खान र बाहि

नाकाबन्दी र भूकम्पका कारण ढिलाइ भएको सडक सपना पूरा हुँदै

Image
बाजुरा — सदरमुकाम मार्तडीसम्म बाह्रै महिना गाडी चढ्ने बाजुरेलीको सपना छिट्टै पूरा हुँदैछ । २८ किलोमिटर सडक खण्डमा धमाधम कालोपत्रे भइरहेको छ । सदरमुकाम मार्तडी कच्ची सडकमार्फत दुई वर्षअघि राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । कालोपत्रेको कामसमेत अबको एक महिनाभित्र पूरा हुनेछ ।यसअघि हिउँदका ६ महिनामात्रै गाडी गुड्थे । सदरमुकामसम्म अब बाह्रै महिना यातायातका साधन सञ्चालन हुने भएपछि स्थानीय उत्साहित छन् । गुईगाड र बूढीगंगाबाहेकका अन्य खोलामा पक्की पुलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । बार्जुगाढदेखि मार्तडीसम्म करिब २८ किलोमिटर लम्बाइको यो सडक खण्डको राप्कसम्म वर्षातअघि नै कालोपत्रेको काम सकिएको थियो । राप्क अगाडि मार्तडीसम्मको करिब ८ किलोमिटर खण्डमा कालोपत्रेका लागि संरचना निर्माण धमाधम भइरहेको छ ।  करिब एक महिनाभित्र सबै काम पूरा हुन्छ  निर्माण कम्पनीका साइट इन्चार्ज प्रेम थापाले भने ।मार्तडीसम्म डबल कटिङ टेवा पर्खाल निर्माण  सबबेस ग्राभेल ढलाइ, कल्भर्ट निर्माणलगायतका काम सम्पन्न भएका छन् ।  चिसो घट्नेबित्तिकै कालोपत्रेको बाँकी काम हुन्छ  परामर्शदातृ कम्पनीका प्रमुख इन्जिनियर

धुर्मुस सुन्तली बीरुद्द लाग्यो मुद्दा !

Image
चारवटा एकीकृत नमुना बस्ती बनाएर समुदायलाई हस्तान्तरण गरेको धुर्मुस सुन्तली फाउन्डेसनले ‘नयाँ नेपाल’ परियोजनामा प्राविधिक सहयोगका लागि नेपाल इन्जिनियर्स एसोसिएसनसँग सम्झौता गरेको छ । हास्य कलाकार दम्पती सीताराम कट्टेल  धुर्मुस  र कुञ्जना घिमिरे  सुन्तली को नेतृत्वमा रहेको धुर्मुस सुन्तली फाउन्डेसन र एसोसिएसनबीच बिहीबार नयाँ नेपाल परियोजना सफल बनाउन प्राविधिक सहयोग र सहकार्य गर्ने विषयमा सम्झौता भएको हो । फाउन्डेसनले भूकम्प पीडितका लागि काभ्रे र सिन्धुपाल्चोकमा नमुना बस्ती बनाएर समुदायलाई हस्तान्तरण गरेका थिए । रौतहट चन्द्रपुर–८ स्थित सन्तपुरका बाढीपीडित दलित समुदायका लागि बनाएको नमुना बस्ती गएको माघ २३ गते समुदायलाई हस्तान्तरण गरेको फाउन्डेसनले महोत्तरीको बर्दिवासमा पनि मुसहरहरुका लागि नमुना बस्ती बनाएर हस्तान्तरण गरेको थियो । एसोसिएसनका उपमहासचिव इन्जिनियर रविभूषण झाको नेतृत्वमा फिल्ड सर्भेको काम सम्पन्न भइसकेको जानकारी दिएका धुर्मुसले बिहीबारबाटै डीपीआर र ईआए प्रक्रिया पनि अघि बढेको बताएका छन् ।  नयाँ नेपाल का लागि लेलेका सयौँ रोपनी सरकारी जग्गा चर्चेको र त्यसले सो क्षेत्रका हज

क्षतिग्रस्त भवनमा पठनपाठन

Image
इलाम — सन्दकपुर गाउँपालिका ५ स्थित जमुनाको भगवती माध्यमिक विद्यालयमा जीर्ण भवनमा पठनपाठन गर्नुपर्ने बाध्यता छ । राणा शासनका बेला २००५ सालमा स्थापना भएको यो विद्यालयमा पटकपटकको भूकम्पमा परी भवन जीर्ण भएपछि जोखिम मोलेर पढाउनुपर्ने बाध्यता भएको हो । इलामको सन्दकपुर ५ स्थित जमुनामा राणा शासनकालमा नै स्थापना भएको भगवती माध्यमिक विद्यालय । पटकपटकको भूकम्पले भवन जीर्ण हुँदा पनि मर्मतसम्भार नहँुदा जोखिम मोलेर पठनपाठन गर्नु पर्ने अवस्था छ । कतिपय भवनमा अस्थायी रूपमा ढुंगा लगाइएकाले झरेर विद्यार्थी र शिक्षकलाई लाग्ने खतरा छ । विद्यालय स्थापना भएको केहीपछि बनेको पुरानो भवन र नयाँ बनेका भवन पनि जीर्ण अवस्थामा छन् । शान्ति मन्त्रालयमार्फत निर्माणाधीन पक्की भवन पनि बजेट अभावमा निर्माण पूरा हुन सकेको छैन । विद्यालयका सात वटा भवनमध्ये छ वटा जीर्ण र एउटाको निर्माण कार्य पूरा नहुँदा समस्या भएको हो । यो विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कम्प्युटर कक्ष र लाइब्रेरी पनि भवनको अभावमा अव्यवस्थित अवस्थामा छ । २०६८ असोज र २०७२ बैशाखमा गएको भूकम्पका कारण भवनमा क्षति पुगेको हो । भूकम्प

नेपालका सांसद सुरेशचन्द्र दास भारतीय मतदाता

Image
काठमाडौं - नेकपा माओवादी कबेन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । आजको नागरिक दैनिकमा मुख्य खबर छ । भारतमा मतदाता हुनका लागि १८ बर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ । समाचरमा लेखिएको छ  प्राप्त कागजातअनुसार बिहार राज्यको दरभंगाा जिल्लास्थित दरभंगा नगरपालिका अन्तर्गत दासको नाम छ । उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारीक वेबसाइटमा भेटिन्छ । दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी)  आइएजी ०३७३१८३' छ । उनको मतदाता क्रमांक १७५ छ । उनको मतदान केन्द्रको नाम मैथिली साहित्य परिषद् मिश्रटोल, साउथ पार्ट' उल्लेख छ ।लालबाग प्रोफेसर कोलोनी मिर्जापुर नगर निगम दरभंगा दरभंगा जिल्ला - ८४६००४', मतदाता परिचयपत्रमा दासको ठेगाना उल्लेख गरिएको छ । भारतीय मतदाता हुनका लागि अनिवार्य रुपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ । दासको मात्र होइन, उनकी श्रीमती रेखाको नाम पनि भारतीय मतद

विश्वकप छनोटका लागि नेपालको ब्याटिङ कन्सल्ट्यान्टमा उमेश पटवाल

Image
जिम्बावेमा हुने आइसीसी विश्वकप छनोट क्रिकेटका लागि ब्याटिङ परामर्शदाताका रूपमा भारतका उमेश पटवाल नेपालको आउने भएका छन् । नामिबियामा बिहीबार सम्पन्न विश्व क्रिकेट लिग डिभिजन डिभिजन २ मा नेपाली टोलीका ब्याटिङ परामर्शदाताको भूमिकामा रहेका भारतकै सुलक्षण कुलकर्णीको अवधि सकिएपछि विश्वकप छनोटका लागि पटवाल नेपाल आउने भएका हुन । उनी मंगलबार काठमाडौं आउने र लगत्तै नेपाली टोलीसँग विश्वकप छनोटलाई जिम्बावे जाने छन् । कुलकर्णी शुक्रबार नामिबियाबाटै भारत फर्किएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का नेपाल प्रतिनिधि भावना घिमिरेले जनाए अनुसार टिमको अनुरोधमा पटवाललाई नेपाली टोलीमा राख्न लागिएको हो ।जसका लागि आइसीसीले पनि पटवालको नाम स्विकृत गरिसकेको छ । मुम्बईका पटवाल यसअघि अफगानिस्तानमा ब्याटिङ प्रशिक्षक थिए । अफगानिस्तानले २०१४ को विश्व टान्टी–२० र एसिया कप खेल्दा उनी ब्याटिङ प्रशिक्षण टोलीमा थिए । विश्वकप छनोट जाने टोलीमा ट्रेनर भारतकै सुवासचन्द्र पात्र पनि हुनेछन् । पछिल्लो समय नेपाली टोलीसँग रहँदै आएका पात्र नामिबिया जानुअघि नेपाली टोलीसँग अभ्यासका क्रममा जिम्बावे भ्रमणमा थि