पुलिस र इफात विजयी

नेपालगन्ज — पाँचौ प्रधानमन्त्री कप महिला भलिबलको दोस्रो दिन शुक्रबार बंगलादेको नेपाल पुलिस र बंगलादेशको इफात क्लब विजयी भएका छन् । प्रधानमन्त्री कप महिला भलिबलमा बुधबार बंगलादेशी टोली इफातविरुद्ध स्पाइक गर्दै न्यु इन्द्रेणीका खेलाडी

नेपाल पुलिसले भारतको देहरादुन क्लबलाई पन्छायो । पुलिसले २५–१, २५–१४, २५–१७ को सोझो सेटमा विजय प्राप्त गरेको थियो । बंगलादेशी टोलीले स्थानीय टोली न्यु इन्द्रेणी बागेश्वरी क्लबलाई २७–२५, २२–२२, २७–२४ को सोझो सेटमा हराएको हो ।

Comments